
वैशाख ५, धादिङ ।
सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आरुवास समुदाय तहमा गठित लालीगुँरास क्लबका सदस्यलाई ३ दिने आधारशिला तालिम बिहीबार सम्पन्न भएको छ ।
‘भोकालाई एकछाक खाना होइन जीवन जिउने जुक्ति पनि सिकाउँ’ भन्ने मुल नारा सहित सिद्धलेक सानाकिसान सवलिकरण परियोजना अन्तरगतको तालिम सम्पन्न भएको हो । तालिम संचालनको अवसरमा बोल्दै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रयास नेपालको कार्यक्रम बालबालिकाहरुलाई नेतृत्व विकास तथा जिवनउपयोगि सीप प्रदान मार्फत समादायिक रुपान्तरण प्रमुख माध्यम र बालबालिका लगानी वृद्धि गर्दै समृद्ध समाज निर्माण गर्न सञ्चालन गरिएको धारणा राख्नुभयो ।
कार्यकारी निर्देशक अर्यालले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न र आफ्नो उत्दरदायित्व बहन गर्न बालक्लबका सहभागिहरुसंग आग्रह गर्नुभयो ।३ दिनसम्म सञ्चालन भएको तालिममा नेतृत्व बिकास,सकारात्मक सोच,बाह्र ओटा आधारशीला,बाल बाल अधिकार बिभिन्न पक्षहरुका विषयमा छलफल भएको थियोे ।
तालिममा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक ईश्वरी कोईराला सामुदायिक सहजकर्ता एकराज पण्डित,दिनेश परियार र अनिशा कट्टेलले सहजिकरण गरेका थिए । तालिमले नेतृत्व क्षमता बिकास भएको,आफुलाई निकै परिवर्तन गराएको र सचेतना अभिवृद्धि भएको तालिमका सहभागीहरु लालीगुरास बाललक्लबका अध्यक्ष सर्बदा सिलवाल ,कोषाध्यक्ष बिराज सुनार,सचिव सिरोज सिलवालले बताएका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।
साथै सिद्धलेक गाउँपालिकाका विभिन्न वडाका समुदाय तहमा गठन भई परिचालित मनकामना बालक्क्लब,खरिबोटमा गठित बैरेनी बालक्लबमा पनि ३ दिने आधारसिला तालिम सम्पन्न भएको छ । त्यसैगरी दियालो नवज्योति बालक्लब, सप्तरंगी,बालक्लब,युनिक बालक्लब,नवज्योति बालक्लब,मुक्तिनाथ बालक्लबमन पनि ३र३ दिने आधारसिला सम्पन्न भएको दिनेश परियारले जानकारी दिनु भयो ।
यस अघि बालबालिकाका आमाहरु मिलेर बनेको महिला समूह । पारिवारिक पुरुष सदस्यहरुलाई पनि आधारसिला तालिम संचालन भई सकेको छ ।