तस्विर : प्रियकां शाहको फेसबुक वालबाट

 

वैशाख १३, धादिङ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ भोक्टेनीमा संञ्चालित ४ दिने स्वास्थ्य सम्बन्धी तालिम शुक्रबार सकिएको छ । नेपाल रेडक्रस सोसाईी जिल्ला शाखा धादिङ र नेत्रावती डबजोङ गाउँपालिका धादिङको संयुक्त आयोजनामा तालिम संञ्चालन भएको हो । आधारभूत स्वास्थ्य, प्रजनन् स्वास्थ र मानसिक स्वस्थ्य सम्बन्धी ४ दिने तालिम शुक्रबार एक कार्यक्रमका विच समापन गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका उपसभापती नारायण तिमिल्सीनाको अध्यक्षतामा समापन गरिएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । तालिम समापनकै अवसरमा गाउँपालिकाका अध्यक्ष शाक्यले पूर्ण सरसफाईको पहिलो चरण अन्र्तरगतको यो तालिमले पूर्ण सरसफाईको ४ ओटा महत्वपूर्ण सुचकहरु एक घर एक चर्पी, एक घर एक धारा, एक घर एक रक्षान, एक घर एक सुधारिएको चुलो सुचकलाई पुरा गर्न नेत्रावती गाउँपालिका विभिन्न संस्था सँग मिलेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पूर्ण सरसफाइको चेतना विकास गर्ने उद्देश्यले संञ्चालन गरिएको तालिममा गर्भाअवस्थाका खतरा, सुत्केरी अवस्थाका खतरा, नव शिशु स्याहार खोप, पोषण, सर्ने र नसर्ने रोग, पानीबाट फैलने रोग, सरसफाई, फोहोर मैला व्यवस्थापन, मानसिक स्वास्थ्य लगायतका विषयमा छलफल गरिएको थियो । छलफल भएका विषयवस्तु माथी नेत्रावती गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेल, सेमजोङ स्वास्थ्य चौकीका प्रमुख सरोज पटेल, कटुञ्जे स्वास्थ्य चौकीका प्रमुख मधु धमला र प्रियकां शाहले सहजीकरण गर्नुभएको थियो ।

तालिममा नेत्रावती गाउँपालिकाका ५ वटै वडाका महिला स्वास्थ्य स्वयमसेविकाहरु १० जना र गाउँपकालिकाका २१ जना स्वयमसेवकहरु ग्रि ३१ जनाको सहभागीता रहेको थियो । समापनकै अवसरमा सहभागीहरुलाई एक÷एक ओटा हाईजीन किट वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments