२०८३ मंसिर १३, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

तीन खेल बाँकी छँदै बार्सिलोनालाई ला लिगाको उपाधि

तीन खेल बाँकी छँदै बार्सिलोनालाई ला लिगाको उपाधि

स्पेनिस ला लिगा फुटबलको यस सिजनको उपाधि बार्सिलोनाले जितेको छ। शनिवार सम्पन्न भएको खेलमा लेभान्टेलाई १-० ले पराजित गरेपछि बार्सिलोनाले ३ खेल अगावै लिगको उपाधि जितेको हो।

बार्सिलोनाको हिजोको जितमा निर्णायक गोल लियोनेल मेस्सीले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेस्सीले सो निर्णायक गोल खेलको ६२ औं मिनेटमा गरेका हुन्।

मेस्सी हिजोको खेलमा दोश्रो हाफमा मिनेटमा मैदान छिरेका थिए। तुलनात्मक रूपमा कमजोर लेभान्टेलाई हराउँन राम्रै कसरत गर्नुपर्यो।

बार्सिलोनाले २६ औं पटक लिगको उपाधिमा कब्जा जमाएको हो। स्पेनिस ला लिगामा रियल मड्रिडले उपाधिमा सर्वाधिक ३३ पटक कब्जा जमाएको छ। जारी लिगमा बार्सिलोना तेश्रो स्थानमा रहेको छ।

मेस्सीले ला लिगाको उपाधि १० औं पटक जितेका हुन्। १० जितसँगै मेस्सी ला लिगाको उपाधि १० औं पटक जित्ने पहिलो खेलाडी बनेका छन्।

मेस्सी यस सिजनका सर्वाधिक गोलकर्तासमेत हुन्। उनको खातामा ३४ गोल जम्मा भइसकेको छ।

बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्दै उपाधिमा कब्जा जमाउँदा दोश्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले ७४ अंक जोडेको छ भने तेश्रो स्थानमो रियल मड्रिडले ६५ अंक जोडेको छ। यस्तै गेटाफेको ५५ हंक रहेको छ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडलाई १–० ले हरायो छ भने एथ्लेटिको बिल्बाओ र एलाभेसले १–१ बराबरी गर्दा लेगानेस र सेल्टा डी भिगोले गोलरहित बराबरी खेले ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।