२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल टेलिकमका माघ सम्मका अफरहरु यस्ता छन्

नेपाल टेलिकमका माघ सम्मका अफरहरु यस्ता छन्
सेयर गर्नुहोस्
०सेयर

कात्तिक २३, धादिङ
नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको जनाएको छ । यी अफर आउँदो माघ २४ गतेसम्म रहने टेलिकमले जनाएको छ ।
यस्ता छन् अफर
१. अल टाइम डाटा प्याकेज

जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २० एमबी डाटा उपलब्ध छ । त्यसैगरी २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध छ । ५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४०० एमबी डाटा, २०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५०० एमबी डाटा उपलब्ध छ ।
२. नाइट डाटा प्याकेज

जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । नाइट डाटा प्याकेज अन्तर्गत १५ रुपैयाँमा १५० एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइने छ । योवाहेक २०० रुपैयाँमा ३ जीबी डाटा र ३०० रुपैयाँमा ६.५ जीबी डाटा ३० दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याकेज राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।
३. फोरजी डाटा प्याक

टेलिकमले जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा पहिलेदेखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि निरन्तरता दिएको छ । यसअनुसार ५० रुपैयाँमा २०० एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ५०० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १२०० एमबी, ३०० रुपैयाँमा २००० एमबी र ५०० रुपैयाँमा ३६०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ । उपरोक्त फोरजी डाटा प्याक फोरजी नेटवर्क भएका स्थानहरुमा फोरजी मोबाइल सेट भएका ग्राहकहरुलाई लक्षित गरी ल्याइएको टेलिकमले जनाएको छ । तथापि भ्वाइस कल हुँदाको समयमा प्राविधिक रुपमा थ्रिजीमा फलब्याक हुने हुँदा उक्त समयमा प्रयोग गर्न मिल्ने गरी प्रत्येक फोरजी डाटा प्याकमै ३० प्रतिशत डाटा भोल्युम टुजी/थ्रिजी नेटवर्कमा समेत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ । टुजी/थ्रिजी नेटवर्कमा प्रयोग नभएको अवस्थामा भने फोरजी डाटा प्याकको पूरै भोल्युम फोरजी नेटवर्कमै प्रयोग गर्न सकिने छ ।
४. नाइट भ्वाइस प्याक

नाइट भ्वाइस प्याक अन्तर्गत २५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ ।
५. सियुजी प्याकेज

कम्पनीले पहिले देखिनै उपलब्ध गराउदै आएको सियुजी प्याकेजलाई पनि निरन्तरता दिएको छ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी करसहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरु उपलब्ध गराइएको छ ।

सबैभन्दा सस्तो प्याकेज ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यस अन्तर्गत सियुजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ । त्यसैगरी ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ ।

जिएसएम पोष्टपेड कर्पोरेट ग्राहकहरुलाई लक्ष्यित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जिएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने छन् ।
६. फेसबुक/इन्स्टाग्राम डाटा प्याक

फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी १०० रुपैयाँमा ५०० एमबी डाटा र २०० रुपैयाँमा ११०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।
७. वाउटाइम प्रमोसनल सब्स्क्रिप्सन प्याक

जिएसएम मोबाइलमा लाइभ भिडियो स्ट्रिमिङ सेवाका लागि कम्पनीले गत असोज ३ देखि हालसम्म निःशुल्क उपलब्ध गराउदै आएको वाउटाइम एप्समा प्रमोसनल सब्स्क्रिप्सन अफर उपलब्ध गराइएको छ । अफर अन्तर्गत १ दिनका लागि २४ रुपैयाँ, ७ दिनका लागि ९० रुपैयाँ र ३० दिनका लागि २५० रुपैयाँका विभिन्न सब्स्क्रिप्सन प्याकेज उपलब्ध गराइएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याकेज खरिद गरी सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सक्ने छन् ।
८. स्ट्रिमिङ प्याक (युट्युब/टिभी/भिडियो)

जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब, टिभी र भिडियो चलाउन सकिने भएको छ । यस अन्तर्गत १०० रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५०० एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ ।
९. भ्वाइस प्याक

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका उपलब्ध छ । ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि २०० मिनेट, २०० रुपैयाँमा २० दिनका लागि ४२५ मिनेट, ३०० रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ । डाटा र भ्वाइस तथा फोरजी प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्ने छ ।
१०. एडिएसएल/एफटिटिएच डाटा प्याक

नेपाल टेलिकमले एडिएसएल/एफटिटिएच सेवाका ग्राहकहरुका लागि उपलब्ध गराएको प्रमोसनल अफरलाई पनि निरन्तरता दिएको छ । अफर अन्तर्गत १ एमबिपीएससम्म गतिको एडिएसएल इन्टरनेट कर सहित मासिक १००० रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी भोल्युम बेस्ड एडिएसएल अन्तर्गत १५ जीबी डाटा ३०० रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी २५ जिबी डाटाको ५०० रुपैयाँ र ४० जिबी डाटाको मूल्य ७०० रुपैयाँ तोकिएको टेलिकमले जनाएको छ । यी डाटाको गति १ एमबिपीएस सम्म हुनेछ । यी सबै डाटा एक महिनासम्म प्रयोग गर्न सकिने छ । भोल्युम बेस्ड डाटाको लागि कर वाहेक ३०० रुपैयाँमा र अनलिमिटेड डाटाको लागि २०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

यस्तै १० एमबिपीएस गतिको एफटिटिएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जिबी, ६ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि १२०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य कर बाहेक क्रमशः ५,१६०, ९,१२० र १८,२४० रुपैयाँ छ । त्यसैगरी १०० एमबिपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याकेज कर बाहेक २३,०४० रुपैयाँमा खरिद गर्न सकिन्छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।