कात्तिक २३, धादिङ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङका कार्यकर्ता चेरोङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङबेसीबाट पक्राउ परेका तामाङ पक्राउको कारणबारे भने प्रहरी मौन रहेको छ । नेकपा धादिङले कुनै प्रतिक्रिया जनाएको छैन । प्रहरीले भने तामाङलाई सोधपुछको लागि मात्र पक्राउ गरिएको बताएको छ ।

आसन्न मंसिर १० गतेको प्रतिनिध सभा तथा प्रदेश सभा निर्वाचन बहिस्कार गरेपछि विप्लव नेतृत्वको नेकपा कार्यकर्ता निर्वाचन सम्पन्न गर्न चु्नौति हुने भन्दै विप्लव कार्यकर्तालाई पक्राउ गर्न सुरु गरिएको अड्कल काटेको छ । रुविभ्यालीका चेरोङ तामाङ केहि वर्षदेखि नीलकण्ठ नपा ससाहमा बसाई सरेर बसोबास गर्दै आएका थिए ।

यो पछिल्लो समय धादिङमा विप्लव नेतृत्वको नेकपाले कुनै गतिविधि गरेको देखिएको थिएन ।

Facebook Comments