कात्तिक २३, धादिङ ।
बाम गठबन्धनले आज धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ र १३ मा मतदाता भेटघाट कार्यक्रम गरेको छ । यतिबेला प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार तथा राजनीतिक दलहरु चुनावी दौडाहामा लागीपरेका छन् । सोही अनुरुप मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको हो । राजनीतिक दलहरु अगुवा कार्यकर्ता अभिमुखीकरण गर्ने, गठबन्धनको बैठक बस्ने र घरदैलो कार्यक्रम तथा सामाजिक संञ्जाल मार्फत मत माग्नमा व्यस्त रहेका छन् । आगामी मंसिर १० गते हुने प्रतिनीधि सभा र प्रदेशसभा सदस्य चुनावको लागि दलहरु गाउगाउमा प्रचारप्रसार समिति नै बनाएर लागी परेका छन् । जिल्लाका दुईओटै निर्वाचन क्षेत्रमा भोट माग्न नेताहरू गाउगाउ हिडेका छन् । बाम गठबन्धन गरेका दल नेकपा एमाले र माओवादी केन्द्रले दुई तिहाई मत ल्याउने होडबाजीका साथ यतिखेर लागि परेको छ । नेकपा एमालेका प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ क का उम्मेदवार डा. रामकुमार अधिकारी, नेकपा एमालेका पूर्व सभासद गुरु प्रसाद बुर्लाकोटि र निलकण्ठ नगरपालिकाका उपमेयर एवम् माओवादी केन्द्र धादिङका सचिव मनराज भण्डारीको नेतृत्वमा उम्मेदवार मतदाता भेटघाट कार्यक्रम गरिएको हो । यसैगरि नेकपा एमालेका प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार खेम लोहनीको नेतृत्वमा उत्तरी धादिङको सेर्तुङमा कोणसभा तथा मतदाता उम्मेदवार भेटघाट कार्यक्रम गरिएको जानकारी प्राप्त भएको छ । यस्तै लोकतान्त्रिक गठबन्धनले पनि गाउगाउमा चुनावी प्रचारलाई तिव्र बनाएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका कानुन न्याय तथा संसदीय ब्यवस्था राज्यमन्त्री दिलमान पाख्रिन, प्रदेश नम्वर २ ख का उम्मेदवार राष्टिय प्रजातन्त्र पार्टीका डम्बर बहादुर तामाङको नेतृत्वमा निलकण्ठ नगरपालिका वडा नम्वर १० र ११ मा घरदैलो तथा मतदाता उम्मेदवार भेटघाट कार्यक्रम भएको छ ।

Facebook Comments