२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

(अपडेट) त्रिशुली नदिमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुग्यो

(अपडेट) त्रिशुली नदिमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

तस्विर:- हर्कमान शाक्य

जेठ ५, धादिङ ।
पूथ्वीराजमार्ग अन्र्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारस्थित त्रिशुली नदिमा यात्रुवाहक बस खस्दाँ मृत्यु हुनेको संख्या ८ पुगेको छ । पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य, काठमाडौँ थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँकै चन्द्रागिरीका ३६ वर्षीया सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय बिशाल गिरी रहेका छन् । मृत्यु भएका अन्य चार जनाको सनाखत हुन सकेको छैन ।

झापाको काकडभिट्टाबाट काठमाडौं जाँदै गरेकोे ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा घाईते भएका २३ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाईतेहरुको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।