
जेठ ५, धादिङ ।
पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारस्थित त्रिशुली नदिमा यात्रुवाहक बस खस्दाँ मृत्यु हुनेको संख्या ९ पुगेको छ । झापाको काकडभिट्टाबाट काठमाडौं आउदै गरेकोे ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस आइतवार नदीमा खसेको हो । पाँच जनाको घटनास्थलमा र चार जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य, काठमाडौँ थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँका चन्द्रागिरीका ३६ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय बिशाल गिरी रहेका छन् । त्यस्तै, शेखर मगर र प्रकाश श्रेष्ठको ठेगाना खुल्न सकेको छैन भने तिन जनाको सनाखत हुन बाँकी रहेको छ । सडक उकालो र वसको चालकको थकान तथा निन्द्राको कारण दुर्घटना भएको प्रहरी उपरिक्षक वैदवारले बताउनुभयो ।
राजमार्गमा दिनहुँजसो सवारी दुर्घटना हुने गरेको छ । यस्ता दुर्घटना न्यूनिकरणका लागि सवारी संस्था, ट्राफिक प्रहरी, नागरिक समाज एकजुट हुनुपर्ने उहाँ बताउनुहुन्छ । दुर्घटनामा परी घाईते भएका २१ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भने चार जना मेडिसिटी हस्पिटल, २ जना डिस्चार्ज भैसकेको र दुइ जना कुन अस्पताल पु¥याइएको जानकारी आउन बाँकि रहेको वैदवारले बताउनुभयो ।