जेठ ७,धादिङ ।  आम नेपाली जनतालाइ सरल र शुलभ विधि र तरिकाबाट सुचना र संञ्चारको पहुँच उपलब्ध गराउने उद्देश्यका साथ सुचना महामार्ग निर्माण कार्य सुरु गरेको छ । प्रदेश नम्बर ३ को धादिङको गल्छी मासटार , १ को धनकुटाको हिले र प्रदेश २ को सिन्धुलिको खुर्कोटबाट हिजो एकैदिन उद्घाटन गरिएको छ । मध्यपहाडी लोकमार्गमा सुचना महामार्ग निर्माण तथा अप्टिकल फाइबर विस्तार कार्यको उद्ध्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छी गाउँपालिका मासटारबाट परियोजनाको उद्ध्घाटन गर्नुभएको छ ।

अप्टिकल फाइबर विस्तार तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओलिले सुचना र प्रविधिको सरल र शुलभ पहुचले नेपालको समृद्धिको यात्रामा थप एक पाइला अघि बढ्ने बताउनुभयो । अहिलेको सरकार सुचना र प्रविधि मैत्रि भएको बताउनुहुँदै यसको भरपुर सदुपयोग गर्दै आम नेपाली जनताको जीवन स्तरमा परिवर्तन गरि,नेपाललाइ हरेक दिन एक पाईला अघि बढाउने पनि बताउनुभयो । अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले प्रदेश सरकार र स्थानिय सरकारहरुको गुनासो धेरै भएको तर ती सबै तहहरु ‘स्वतन्त्र सरकार’ नभई ‘नेपाल सरकारको इकाई’ भएको बताएउनभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो परियोजना तोकिएकै समयमा सम्पन्न गर्न सबैलाई अनुरोध गर्नुभयो । साथै अधिकारीले नेपाल सरकारले सबै स्थानमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच र्पुयाउँदै डिजिटल नेपाल निर्माणको आधार तयार गर्ने लक्ष्यका साथ यो परियोजना सुरुवात गरिएको बताउनुभयो । अधिकारीका अनुसार यस परियोजनाका लागि प्राधिकरणले ४ अर्ब ८७ करोड अनुदान रकम उपलब्ध गराउने गरी नेपाल टेलिकमसँग २०७३ असोजमा सम्झौता भएको थियो । यसमा प्रदेश १, २ र ३ अन्तर्गतका ३२ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकामा अप्टिकल नेटवर्क विस्तार गर्नुपर्नेछ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वमा पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिममा गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याइनेछ । यसमा कूल २ हजार ३ सय ७६ किलोमिटर फाइबर नेटवर्कले विस्तार हुनेछ । प्रदेश नम्बर ३ को ५ सय ५५ किलोमिटर फाइबर बिछ्याउने कामको लागि चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनलसँग सम्झौता गरिएको छ । उक्त फाइबरबाट लोकमार्ग पर्नेे ३५ जिल्लामा समेटिने बताइएको छ । आयोजनाको समयावधि दुई वर्षको छ ।

मध्यपहाडी लोकमार्गमा सुचना महामार्ग निर्माण तथा अप्टिकल फाइबर विस्तार कार्यको उद्ध्घाटन कार्यक्रममा सुचना तथा संचार प्रविधि मन्त्री गकुल प्रसाद बास्कोटा,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कडेल, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, कानुन मन्त्री शालिकराम जमट्टेल,संघिय संसद खेम प्रसाद लोहनी,भुमि प्रसाद त्रिपाठी, प्रदेश संसद राजेन्द्र प्रसाद पाण्डे र डा. रामकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments