जेठ ७, धादिङ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङको जिल्ला संगठन कमिटिका सदस्यहरुको नामावलि सार्वजनिक, सपथ ग्रहण तथा पहिलो पूर्ण बैठक आज सम्पन्न भएको छ । आज दिउँसो मदन आश्रित – स्मृति भवन तथा नेकपाको जिल्ला संगठन कार्यालय धादिङबेसीमा कार्यक्रम भएको थियो । सपथ ग्रहण तथा पहिलो पूर्ण बैठक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर ३ का इन्चार्ज क.अष्टलक्ष्मी शाक्याले शपथ ग्रहण गराउनुभएको हो । नेकपा धादिङको पहिलो पूर्ण बैठकलाइ सम्बोधन गर्दै पर्टी इन्चार्ज शाक्याले आगामी जेठ महिना भित्र सबै स्थानीय तहसम्म पार्टी संगठन निर्माण गरिसक्न र आगामि ६ महिनाभित्र जिल्ला अधिवेसन सम्पन्न गर्ने गरि तयारीमा जुट्न सबैलाइ आग्रह गर्नुभयो । साथै नेता शाक्याले दुई कम्युनिष्ट पार्टीको मिलन पछि बनेको यो कमिटिमा केहि अन्तरविरोध र असहमति भए आपसमा मिलेर समाधान गरि पार्टिको विधि ,विद्यान र कार्यदिशा अनुरुप एक ढिक्का भएर अघि बढ्न आग्रह गर्नुभयो ।

जिल्ला संगठन कमिटीका सदस्यहरुको नामावलि सार्वजनिक, सपथ ग्रहण तथा पहिलो पूर्ण बैठकमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर ३ का इन्चार्ज क.अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । भने प्रदेश कमिटिका अध्यक्ष नारायण प्रसाद दाहालको विशेष आतिथ्यता रहेको थियो । साथै प्रदेश कमिटिका सचिव आनन्द प्रसाद पोख्रेल, केन्द्रिय सदस्यहरु खेम प्रसाद लोहनी,पुष्पविक्रम मल्ल लगायत प्रदेश कमिटिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

पार्टि एकता भएको एक बर्षपछि पूर्णता पाएको नेकपा जिल्ला संगठन कमिटी धादिङ अब १ सय ४५ सदस्यिय भएको छ । पूर्व एमालेबाट ८० जना र माओवादी केन्द्रबाट ६५ जना परेका छन । जिल्ला संगठन कमिटिले पूर्णता पाएसँगै अब नगर कमिटी, पालिका कमिटी ,वडा कमिटी र विभिन्न जनवर्गिय संगठनले पनि छिट्टै पूर्णता पाउने नेकपा धादिङका एक नेताले जनाएको छ । पार्टिको जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली टुङ्गो लगाउन लमो समयदेखि दुबै पार्टीका जिल्ला तथा केन्दिय स्तरका नेताहरुबीच पटक–पटक छलफल गरि अन्तिम नामावलि टुङ्ग्याएको थियो ।

नेकपा जिल्ला संगठन कमिटि धादिङका पदाधिकारी तथा सदस्यहरुको नामावली

Facebook Comments