२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बुढिगण्डकी प्रभावितलाई न्यायोचीत ढङ्गले मुआब्जा वितरण गर्न कांग्रेस धादिङको सरकारलाई आग्रह

बुढिगण्डकी प्रभावितलाई न्यायोचीत ढङ्गले मुआब्जा वितरण गर्न कांग्रेस धादिङको सरकारलाई आग्रह
सेयर गर्नुहोस्
०सेयर

जेठ १२, धादिङ ।
राष्ट्रिय गौरवको जलाशययुक्त बूढिगण्डकी जलविद्युत परियोजनाबाट प्रभावित स्थानीय वासिन्दा र परियोजनाका बारेमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले आज छलफल गरेको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गरि छलफलका विषयमा जानाकारी गराएको हो । छलफलले आरुघाट त्रिपुरेश्वर खहरे र आरखेत क्षेत्रमा रहेका घरजग्गा र बोट बिरुवाको मुआब्जा निर्धारण गर्न सरकारले ढिलासुस्ती गरी प्रभावित स्थानीय वासिन्दाको समस्या र भावनामा खेलवाड गरेकोले न्योचीत ढङ्गबाट मआब्जा निर्धारण गर्नुपर्ने, परियोजनाबाट डुबान क्षेत्रमा पर्ने स्थानीय वासिन्दालाई न्यायपूर्ण पुनर्वासको व्यवस्था तत्काल सुरु गर्नुपर्ने, परियोजनाको उत्पादन लक्ष्य १२ सय मेघावाटबाट नघटाउन सरकारसँग जोडदार माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण भएकोे नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ ।

नेपाली कांग्रेस धादिङले विगतमा पनि स्थानीय वासिन्दाको सरोकारका सवालमा पटकपटक ध्यानाकर्षण गराउँदै आएको र कुनै पनि बहानामा अझै पनि यी सवालहरुको न्यायोचित समाधान नगरी नेपाली कांग्रेस धादिङलाई कडा आन्दोलमा उत्रन बाध्य नपार्न नेपाल सरकारलाई अनुरोध पनि गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।