२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

काठमाण्डौंमा भएको बम बिस्पोट संकास्पद

काठमाण्डौंमा भएको बम बिस्पोट संकास्पद
सेयर गर्नुहोस्
०सेयर

जेठ १२ ।

राजधानीको सुकेधारा र अनामनगरमा भएको ग्यास विस्फोटका कारण ३ जनाको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

१ जनाको घटनास्थलमै र अर्का एकको उपचारका लागि चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो । सुकेधाराको विस्फोटमा अन्य ४ जना घाइते छन् । घाइतेमध्ये ३ जनाको ओम अस्पताल र १ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस्तै अनामनगर घट्टेकुलोमा भएको विस्फोटमा पनि १ जनाको मृत्यु भएको छ ।

उक्त विस्फोटमा अन्य २ जना घाइते भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । मृत्यु हुनेको सनाखत नभइसकेको र घटना संकास्पद भएको उहाँले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।