अषाढ १५, धादिङ ।
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभीरमा ३ ओटा सवारी साधन एक आपसमा ठोक्कीदा २ जनाको मृत्यु भएको छ । भने ३० जना घाईते भएका छन् ।

मृत्यु हुनेमा धादिङको साविकको महादेवस्थान वडा नम्बर ८ बस्ने २७ वर्षिय श्याम श्रेष्ठ र ठेगाना नखुलेकोे अन्दाजी २०/ २१ वर्षिया किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक एवंम सुचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।

काठमाण्डौबाट चितवन तर्फ आउँदै गरेको लु १ख ९०७९ नंको बस र चितवनबाट काठमाण्डौ जाँदै गरेको बा ३ ख १००४ नम्बरको माईक्रो र बा २ ख ४५६७ नम्बरको माईक्रोबस एक आपसमा ठक्कर खाँदा उक्त गाडिहरुमा यात्रा गर्ने ३० जना यात्रुहरु घाईते भएको होे ।

घाईतेहरु १८ जनाको स्थानिय स्वास्थ्य संस्थाहरुमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौ पठाईएको छ । भने गजुरी अस्पतालमा ७ जनाको चरौदी अस्पतालमा २ जनाको उपचार भईरहेको छ । बाँकी ३ जना सामान्य उपचार घर फर्किएका छन् ।

बा ३ ख १००४ नं को बस चालक नवलपरासी मध्यबिन्दु नगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षिय रबिन खड्का प्रहरीचौकी जोगिमाराको नियन्त्रणमा रहेको छ ।

Facebook Comments