अषाढ १५, धादिङ ।
धान दिवसको अवसरमा धादिङमा पहिलो पटक हिले दौड प्रतियोगिताको आयोजना गरेकोे छ । राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघले खुल्ला महिला र पूरुषको छुट्टाछुट्टै हिले दौड प्रतियोगिता आयोजना गरेको हो । “धान खेतिमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्युनिकरण” भन्ने नाराको साथमा धादिङमा पनि आज १६ औं राष्ट्रिय धान दिवसको अवसरमा प्रतियोगीताको आयोजना गरिएको हो ।
प्रतियोगितामा महिलातर्फ सोनि गुरुङ प्रथम, रसिला तामाङ द्धितीय र निर्जला ताम्राकार तृतीय हुनुभएको छ यस्तै पुरुषतर्फको प्रतियोगितामा संखुवासभाका विकास राई प्रथम, कैलालीका करिण मल्ल द्धितीय र नेपालगञ्जका खिम बहादुर खत्री तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाइै आजै क्रमश ५० हजार, ३० हजार, २० हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
प्रतियोगिता सुरु हुनुभन्दा अगाडी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारी, स्थानीयको सहभािगतामा विभिन्न झाँकीसहित ¥याली निकालि बजार परिक्रमा गरेर प्रतियोगिता हुने स्थान निलकण्ठ नगरपालिकाको वडा नम्वर ८ विर्तावेशीमा पुगेको थियो । पहिलेपहिले ठाउठाउमा असारमा धान रोपाइ गर्दा रमाइलोको लागि खेलिने हिले दौडलाई धादिङमा प्रतियोगिताको रुपमा आयोजना गरिएको यो पहिलो पटक हो ।
नेपालको पहिचान बोकेका लोकखेललाई जोगाउन र प्रवद्र्धन गर्न हिले दौड प्रतियोगिताको आयोजना गरिएको संस्थाका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्तै थाक्रे गाउपालिकाको सोती फाट र सिद्धलेक गाउपालिकाको परेवाटारमा , धुनिवेशी नगरपालिकामा रोपाइ गरि धान दिवस मनाइएको छ ।
दहि चिउरा खाने दिन
आज असार १५ लाई दहि चिउरा खाने दिन पनि भनिन्छ । किसानहरु कामको चटारोले थकित भएका शक्ति प्राप्तिका लागि दही चिउरा खाने मान्यता छ । दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउने गर्दछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यसरी सांस्कृतिक स्थान समेत पाएको दही खादाँ स्वास्थ्य समेत ठूलो फाइदा पुग्ने जिल्ला अस्पताल धादिङका सुचना अधिकारी कृष्ण उपे्रतिले बताउँनुभयो । अषाढको बेला खेतबारीमा काम गर्दा दहिले शितलता प्रदान गर्छ डा.उप्रेतीले भन्नुभयो दहिले पाचन प्रणालीमा पनि सहयोग गर्छ ।
हिले दौड प्रतियोगीताको फोटो हेर्नुहोस्:





























तस्विर : फकरुल ईस्लाम (रोनी)/ रेखबहादुर गुरुङ