अषाढ १९, धादिङ ।
धादिङको वेनीघाटरोराङ गाउँपालिका वडा नं. ८ का वडा सदस्य राम्जी चेपाङ गोली लागि गम्भीर घाईते हुनुभएको छ ।

चितवनका राप्ती नगरपालिका वडा नं. १३ स्थायी घर भएका इन्द्र चेपाङले प्रहार गरेको गोली लाग्दा राम्जी चेपाङ बुधबार साँझ गम्भीर घाईते हुनुभएको स्थानियहरुले बताएका छन् । गोली प्रहारबाट चेपाङको टाउकोमा गम्भिर चोट लागेकोेले काठमाडौँ स्थित नर्भिक अस्पतालमा उपचार भइरहेको गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले जानकारी दिनुभयो ।

गोली चलाउने इन्द्र चेपाङ अहिले फरार रहेको छ । फरार चेपाङको खोजीको लागि जिल्ला प्रहरी कार्यालय धादिङले प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो । फरार चेपाङ यो भन्दा एक महिना अगाडी पनि कान्दामा २ विद्यार्थीलाई बलात्कारको आरोप लागेर फरार भएका थिए ।

Facebook Comments