अषाढ २८, धादिङ ।
शुक्रबार रोपाई सकेर मलेखु खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ४ का राज कुमार ठकुरीको शव शनिबार विहान भेटिएको छ ।

शुक्रबार देखी नै स्थानिय र प्रहरीको सक्रियतामा ठकुरीको खोजी कार्य चलेको थियो । ठकुरीको शव शनिबार बगाएको ठाउँभन्दा लगभग ३ किलोमिटर तल खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

यो सँगै विहिबार देखि परेको अविरल वर्षाका कारण धादिङमा मृत्यु हुनेको संख्या २ पुगेको छ । भने १ जना अझै वेपात्ता छन् । मृत्य हुनेमा गजुरी गाउँपालिका वडा नम्बर ४ मा का ८ वर्षिया वालिका अस्मीता तामाङ रहेका छन् । पहिरोले घर बगाउँदा वालिका तामाङको मृत्यु भएको हो । पहिरोमा परि २ जना घाईते भएका छन् ।

यस्तै थाँक्रे गाउँपालिका वडा नम्बर नम्बर ३ निगाले खोलाले बगाएर बेपत्ता भएका ४० वर्षिय गोकुल गिरि अझै फेला पर्न सकेका छैनन् । खोलाको वहाव बढेका कारणले खोजी गर्न कठिन भएको प्रहरीले जनाएको छ ।

मनसुन सक्रिय भएकाले यस्तो अवस्थामा बाढि पहिरो जाने हुँदा सर्तकता अपनाउन प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताउनुभयो । “कुनैपनि धनजनको क्षती नहोस भन्नको लागि विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर योजनावद्ध रुपमा हाई अलर्टमा बसेका छौं” —प्रहरी उपरिक्षक वैदवारले भन्नुभयो, जोखीम युक्त ठाउँमा नजान, खोला नाला नतर्न आग्रह गर्छु ।

त्यस्तो कुनै विपतका घटना भयो भने र थाहा पाएदेखि जिल्ला प्रहरी कार्यलयको कन्ट्रोल नम्बर ९८५१२८३४८० वा १०० मा फोन गर्न अनुरोध गर्नुभयो । विपत आईलागिहाल्यो भने सबै ठाउँबाट एकजुट हुन सम्पूर्ण नागरिकहरुलाई प्रहरी उपरिक्षक वैदवारले आग्रह पनि गर्नुभयो ।

 

Facebook Comments