अषाढ २९ ।

नेपाल र मलेसियाको खेल सुरु भएको छ ।  नेपालले पहिले ब्याटिङ गरिरहेको छ। २ खेलको मैत्रिपूर्ण अन्र्र्तराष्ट्रिय टि-२० क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो खेल अहिले क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा भइरहेको छ।

यो समाचार तयार पार्दा सम्म नेपालले ५ दशमलव ३ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ४२ रन बनाएको छ । क्रिजमा अहिले रोहीतकुमार पौडेल र सरद भेस्वाकर छन् । साउन ६ देखि सिंगापुरमा हुने टी-२० विश्वकप छनोट खेल्नुअघि नेपाल मैत्रिपूर्ण खेलका लागि मलेसिया पुगेको हो।

नेपालले हिजो भएको पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको थियो।

 

खेलको लाईभ हेर्नुहोस् :-

Facebook Comments