अषाढ २९ ।नेपालले मलेसियालाई १ सय ७४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले व्याटिङ रोजेको नेपालले उत्कृष्ट व्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको हो । विनोद भण्डारीले विस्फोटक व्याटिङ गर्दै अविजित २५ बलमा ५ छक्का, ३ चौका प्रहार गर्दै ५१ रन बनाउनुभयो । नेपाल तर्फ पारस खड्का २३, पवन सरार्फ १०, ज्ञानेन्द्र मल्ल ७, रोहित कुमार पौडेल १९, सरद भेष्वाकर ४०, करण केसी १६ र सोमापाल कामीले १ रन बनाउनुभयो । २ खेलको मैत्रिपूर्ण अन्र्र्तराष्ट्रिय टि-२० क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो खेल अहिले क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा भइरहेको छ।

मलेसियाका लागि फित्री शामले सर्वा्धिक ३ विकेट लिनुभयो भने शायद अजिज र शर्भिन मुनियान्डेले १–१ विकेट लिनुभयो । टी– ट्वान्टी सिरिज सकिएपछि नेपाली टोली त्यतैबाट सिङ्गापुर प्रस्थान गर्नेछ । सिङ्गापुरमा आगामी साउन ६ देखि १२ गतेसम्म आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् ।

नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।
आजको प्लेइंग ११ मा पारस खड्का ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् ।

खेलको लाईभ हेर्नुहोस् :-

Facebook Comments