साउन १३, धादिङ ।
विपद्का बेला तत्काल आवश्यकता आँकलन सम्बन्धी ३ दिने तालिम धादिङवेशींमा आजदेखि सुरु भएको छ । समुदायमा आधारित प्रकोपको जोखीम न्यूनिकरण कार्यक्रम अन्र्तरगत तालिम संञ्चालन भएको हो ।

रेपाल रेडक्रस धादिङको आयोजनामा संञ्चालन भएको तालिममा रेडक्रसमा आवद्ध २४ जना व्यक्तीहरुको सहभागीता रहेको छ । तालिमको पहिलो दिन आज विपद्को लेखाजोखा, यसका चरणहरु, तथ्याङ्क र सुचनाका श्रोतहरु, विपद् प्रतिकार्यका लागि रेडक्रसमा आवद्ध व्यक्तीहरुले पालना गर्नुपर्ने १० ओटा आचार संहिताहरु, सुरक्षीत पहुँचको अवधारण भनेको के हो ? अवधारणहरु के के हुन् ? प्रतिकार्य प्रणालीका औजारहरु र राष्ट्रिय क्षेत्रगत अवधारणहरु लगायतका विषयमा छलफल गरिएको थियो ।

छलफल भएका विषयवस्तु माथी नीमराज राउत र शेरबहादुर कार्कीले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments