
साउन १५, धादिङ ।
धादिङको गल्छीलाई स्मार्ट शहरको रुपमा विकास गरिने भएको छ ।
सरकारले पूर्व पश्चिम मध्यपहाडी लोकमार्गमा निर्माण गर्न लागेको १२ वटा नयाँ शहर विकास गर्ने उद्देश्यले धादिङको गल्छीलाई स्मार्ट शहरको रुपमा विकास गर्न लागेको हो । नयाँ शहरको काम गर्ने योजना २०६५/०६६ देखि नै बनेको भएपनि अघिल्लो वर्षदेखि मात्र नयाँ शहरमा केही काम सुरु हुने भएको छ ।
धमाधम काम हुने हो भने अबको १० देखि १२ वर्षिभत्र मध्यपहाडी लोकमार्गमा मात्रै १२ वटा नयाँ शहर बन्ने देखिन्छ ।