
साउन १५, धादिङ ।
सदरमुकाम धादिङवेशींमा संचालित विपद्का बेला तत्काल आवश्यकता लेखाजोखा सम्बन्धी ३ दिने तालिम आज सकिएको छ । समुदायमा आधारित प्रकोपको जोखीम न्यूनिकरण कार्यक्रम अन्र्तरगत तालिम संञ्चालन भएको हो ।
नेपाल रेडक्रस धादिङको आयोजनामा संञ्चालन भएको तालिममा रेडक्रसमा आवद्ध २४ जना रेडक्रस उपशाखा केन्द्रका रेडक्रसकर्मीहरुको सहभागीता रहेको थियो । तालिममा विपद्को लेखाजोखा, यसका चरणहरु, तथ्याङ्क र सुचनाका श्रोतहरु, विपद् प्रतिकार्यका लागि रेडक्रसमा आवद्ध व्यक्तीहरुले पालना गर्नुपर्ने १० ओटा आचार संहिताहरु, सुरक्षीत पहुँचको अवधारण, प्रतिकार्य प्रणालीका औजारहरु र राष्ट्रिय क्षेत्रगत अवधारणहरु, रेडक्रसको स्थापना, रेडक्रसको विश्वव्यपकता लगायतका विषयमा छलफल गरिएको थियो ।
तालिमको विषयवस्तुमाथी प्रशिक्षक नीमराज राउत, लुना खड्का र शेरबहादुर कार्कीले सहजीकरण गर्नुभएको थियो । २०२८ साल चैत्र १ गते नेत्रावती गाउँपालिकाको गैरामा स्थापना भएको जिल्ला रेडक्रस सोसाईटि जिल्ला शाखा धादिङमा अहिले ३५ सय आजिवन सदस्य, १ सय ५० ओटा भन्दा बढि विद्यालयहरुमा जुनियर रेडक्रस समुह रहेका छन् । साथै नियमित रुपमा एम्बुलेन्स सेवा, रक्त संंकलन केन्द्र संञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा धादिङका कोषाध्यक्ष दुर्लभ तामाङले जानकारी दिनुभयो ।
जिल्ला रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका कार्यवाहक सभापती नारायण प्रसाद तिमिल्सिनाको अध्यक्षतामा समापन भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यलय धादिङका प्रशासकिय अधिकृत राममणी मिश्र, उपमन्त्री निमबहादुर श्रेष्ठ, मन्त्री कृष्णकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।