२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा एनसेलको टावरमा आगजनी

धादिङमा एनसेलको टावरमा आगजनी
सेयर गर्नुहोस्
०सेयर

तस्विर : गुगल

साउन १६, धादिङ ।
धादिङको सिद्धलेक गाउँपालिकाको वडा नम्बर ६ कुम्पुरमा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेका छन् ।

बुधबार अन्दाजी ११ बजेको समयमा कुम्पुर लेख डाँडामा रहेको उक्त टावरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । आगलागीबाट जेनेटर, व्याट्री लगायतका उपकरणहरुमा क्षेति भएको उहाँले बताउनुभयो ।

आगलागीबाट उक्त टावर रहेको आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । आगजनी कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।