साउन १७, धादिङ ।
सन् १९८७ मा इन्टरमिडियट (रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी आईएनएफमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालिन सोभियत सङ्घका नेता मिखाइल गोर्वाचेभले पारमाणविक सन्धिमा हस्ताक्षर गरेका थिए । यस सन्धिमा ५०० देखि ५,५०० किलोमिटरसम्म प्रहार गर्न सकिने क्षेप्यास्त्रहरू माथि प्रतिबन्ध लगाएको थियो । साथै यस सन्धिले समुन्द्रबाट प्रहार गरिने बाहेकका सबै खाले क्षेप्यास्त्रहरूलाई प्रतिबन्ध लगाएको छ । रुसले एसएस २० क्षेप्यास्त्र तयार राखेपछि चिन्ताग्रस्त अमेरिकाले सन् १९७९ मा युरोपमा पेर्सिङ् र क्रुज क्षेप्यास्त्र राखेको थियो । सन् १९९१ मा झण्डै २,७०० क्षेप्यास्त्र तयारी अवस्थामा थिए । सन्धि अनुसार दुई देशले एक अर्काको क्षेप्यास्त्र क्षेत्रहरू हेर्न पाउँछन् । सन् २००७ मा पुटिनले सन्धिले रुसलाई फाइदा नगर्ने बताए । यो अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशले सन् २००२ मा अमेरिकाले क्षेप्यास्त्रसम्बन्धी एक सन्धिबाट हात झिकेपछि दुईदेशबीच द्धन्द सुरु भएको थियो । सन् २०१४ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि रुसले नयाँ क्षेप्यास्त्र परीक्षण गरेर सन्धि नमानेको आरोप लगाएको थियो ।

यहि विवादहरुकोबीच यस वर्षको शुरूमा अमेरिका र नेटोले रुसलाई नयाँ खाले क्षेप्यास्त्र प्रयोगमा ल्याएर यो सन्धि तोडेको आरोप लगाएका थिए । मस्कोले भने यो आरोपको खण्डन गरेको थियो । अमेरिकीहरूले रुसले ९ एम ७२९ क्षेप्यास्त्रहरू विभिन्न स्थानमा तयार राखेको प्रमाण भएको बताएको थियो । त्यही आरोप अमेरिकाले नेटोका सदस्य राष्ट्रहरू समक्ष राखेपछि सबै राष्ट्रले समर्थन जनाएका थिए ।

गत फेब्अरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसले अगस्ट २ तारिखसम्म यो कदम नसच्याएमा सन्धि तोड्ने बताएका थिए । रुसी राष्ट्रपतिले लगत्तै सो सन्धिबाट रुसको जिम्मेवारीलाई निलम्बन गरेका थिए । यसको खतरा के ? संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले “पारमाणविक युद्धको एउटा ब्रेक“ हराउन लागेको बताएका छन् । “यसले क्षेप्यास्त्रहरूले खतरालाई घटाउने होइन, झन बढाएको छ । उनले भने । उनले सबै पक्षलाई अन्तर्रािष्ट्रय अस्त्र नियन्त्रण गर्न नयाँ साझा बाटोका लागि सहमति खोज्न अनुरोध गरेका छन् । विश्लेषकहरूले भने ऐतिहासिक सहमति नहुँदा अमेरिका, रुस र चीनबीच अस्त्र होडबाजी शुरू हुने आशङ्का व्यक्त गरेका छन् । रुसी सैन्य विश्लेषकले एएफपी समाचार संस्थालाई बताए अनुसार । “अब यो सन्धि अन्त्य भएपछि हामीले नयाँ अस्त्रहरूको विकास र विस्तार देख्नेछौँ भनेका छन् । यो सामाचार आजको नेपाली बीबीसीमा लेखिएको छ ।

Facebook Comments