२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

२४ तोला सुनजस्तो देखिने पहेंलो वस्तु सहित २ पक्राउ

२४ तोला सुनजस्तो देखिने पहेंलो वस्तु सहित २ पक्राउ
सेयर गर्नुहोस्
०सेयर

साउन २१ धादिङ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको मझिमटारबाट अवैध सुन जस्तो देखिने पहेंलो वस्तु २४ तोला सहित दुई जनालाई जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ ।
काठमाण्डौबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरकोे मोटरसाईकल प्रहरीले चेक जाँच गर्ने क्रममा सोमबार चितवन भरतपुर महानगरपालिका २ क्षेत्रपुरका सन्तोष वस्नेत र नवलपरासी मध्यविन्दु नगरपालिका ६ का गोकुलमान श्रेष्ठ पक्राउ परेकोे हो ।

उनीहरुको साथबाट प्रहरीले अवैध सुन जस्तो देखिने पँहेलो धातु, मोवाईल र मोटरसाईल नियन्त्रणमा लिएको छ । थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक एवं सूचना अधिकारी भोलामान सिंह अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।