२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

४० जना यात्रु बोकेको बस त्रिशुलीमा खस्यो, ३ को मृत्यु (अपडेट)

४० जना यात्रु बोकेको बस त्रिशुलीमा खस्यो, ३ को मृत्यु (अपडेट)
सेयर गर्नुहोस्
०सेयर

तस्विर : सिताराम अधिकारी

साउन २४ ।
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाटमा आज साढे ३ बजेतिर बस त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु भएको छ ।

सर्लाहीबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको रात्रीबस दुर्घटना भएको हो ।

४० जना यात्रु बोकेको बसमा अहिले सम्म १२ जनाको मात्र उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । अप्ठ्यारो ठाउँमा बस खसेका कारण उद्धारमा समस्या भएको प्रहरीले जानकारी दिएको छ । थप विवरण बाँकी छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।