२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

(अपडेट) त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो

(अपडेट) त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

साउन २४, धादिङ ।
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाटमा आज ३ बजेतिर भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सर्लाहीबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको रात्रीबस दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत हुन बाँकी छ । अप्ठ्यारो ठाउँमा बस खसेको र त्रिशुलीमा पानीको वहाव बढि भएका कारण उद्धारमा समस्या भएको प्रहरी उपरिक्ष राजकुमार वैदवारले जानकारी दिनुभयो ।

बसमा ३८ जना भन्दा बढि यात्रु भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले शसस्त्र प्रहरी, जनपथ प्रहरी, सामाजिक संघ संस्थाका कर्मचारीहरुको सहयोगमा उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।