
तस्विर :सरिता श्रेष्ठ
साउन २४, धादिङ ।
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट नजिकै त्रिशुलीमा शुक्रबार विहान साढे तिन बजेतिर खस्दा ३ जनाको मृत्यु भएको छ । भने १६ जनाको जिवितै उद्धार गरिएको छ ।
२० भन्दा बढि यात्रु अझै वेपत्ता छन् र वेपत्ताको खोजी कार्य चलिरहेको छ । सर्लाहीबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको रात्रीबस दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षिय अजय दास, २५ वर्षिय विजय कुर्मी र एक जनाको सनाखत हुन बाँकी रहेको छ । अप्ठ्यारो ठाउँमा बस खसेको र त्रिशुलीमा पानीको वहाव बढि भएका कारण उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।
उद्धार गरिएका घाईतेहरुको स्थानिय स्वास्थ्य संस्थाहरुमा उपचार पछि थप उपचारको लागि काठमाण्डौंको विभिन्न अस्पतालहरुमा रिफर गरिएको छ । बसमा ३८ जना भन्दा बढि यात्रु भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले शसस्त्र प्रहरी, जनपथ प्रहरी, गोताखोरको टोली, सामाजिक संघ संस्थाका कर्मचारीहरुको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरी उपरिक्षक वैदवारले बताउनुभयो । बस भित्र केही चेपिएको अवस्थामा हुन सक्ने भएकाले क्रेनद्वारा बस निकाल्ने प्रयास भईरहेको वैदवारले बताउनुभयो ।