साउन २८, धादिङ ।

आज अपरान्ह धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ अमराईमा बोलेरो जिप र्दुघटना हुँदा जिपमा सवार १३ जना यात्रु घाईते भएका छन् । बा १३ च ५२३० नम्बरको बोलेरो जीप दुर्घटनामा परि घाईते हुनेमा ज्वालमाुखि गा.पा.वडा न. १ मैदि छापथोकका वीर बहादुर नेपाली, वडा न.३ उखुबारीका प्रिति विक, वडा न. १ कमेरेका लोक बहादुर सामरी, वडा न.३ कोटथोकका मिलन परियार, वडा न.१ कमेरेका बालमाया रानामगर, वडा न. १ का मानमाया पुलामि, वडा न. २ का पौष प्रसाद तिवारी, वडा न.२ बतासेका लक्ष्मी श्रेष्ठ, वडा न. ३ कोटथोकका सन्ध्या परियार, वडा न. ३ माथिल्लो हटियाका मञ्जु श्रेष्ठ, वडा न. ३ हटियाका कोपिला श्रेष्ठ, र माथिल्लो हटियाँका रिजन श्रेष्ठ र चालक गोपाल नेपाली रहेका छन् ।
घाईते मध्ये पाँच जनाको अवस्था गम्भिर भएकोले थप उपचारको लागि काठमाण्डौं रिफर गरिएको र बाँकि घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको जिल्ला अस्पताल धादिङले जनाएको छ । दुर्घटनाको कारण नखुले पनि उकालो बाटोका कारण ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।