भदौं ४, धादिङ ।
सामुदायिक रेडियोमा सामुदायिक शिक्षा कार्यक्रमका विषयमा आज एक दिने कार्यशाला धादिङवेशीमा संञ्चालन गरिएको छ । नोरेक (एफके—नर्वे), सामुदायिक रेडियोहरुको विश्व छाता संङ्गठन अर्माक, रेडियो धादिङ र रुपान्तर बङ्गलादेशको संयुक्त आयोजनामा कार्यशाला संञ्चालन गरिएको हो ।
सामुदायिक रेडियोमा सामुदायिक शिक्षा कार्यक्रम (सिएलपी) कसरी प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले ंसंञ्चालन गरिएको कार्यशालामा ५ ओटा रेडियोका १५ जना सामुदायिक रेडियाकर्मीहरुको सहभागीता रहेको थियो । कार्यशालामा सामुदायिक शिक्षा कार्यक्रमका ढाँचाका विषयमा छलफल गरिएको थियो ।
सामुदायिक रेडियोहरुले रेडियो कार्यक्रम उत्पादन गर्दा पहिले नै लक्षित समुदाय निर्धारण गरि उनिहरुकै हितका लागि काम गर्ने विधि (सिएलपी) हो । सो विधि नेपालका सामुदायिक रेडियोहरुमा कार्यन्वयनको लागि सामुदायिक रेडियोहरुको विश्व संङ्गठन अमार्कले समन्वयकारी भुमीका खेलेको रहेको एसिया प्रशान्त क्षेत्रका क्षेत्रिय निर्देशक सुमन बस्नेतले बताउनुभयो । सामुदायिक रेडियो र समुदायका व्यक्तीहरु विचको सम्बन्धलाई नजिक बनाउन तथा सामुदायिक रेडियो प्रति समुदायका व्यक्तीहरुको विश्वासनियता बढाउनका लागि सिएलपी प्रभावकारी विधि रहेको बस्नते बताउनुहुन्छ ।
कार्यशालामा नोरेक रुपान्तर बङ्गलादेशबाट सहभागी फकरुल ईस्लाम (रोनी)ले सामुदायिक रेडियोमा सिएलपी विधि अनुसार रेडियो कार्यक्रम कसरी निर्माण गर्ने भन्ने बारेमा जानकारी दिनुका साथै सिएलपी विधिबाट प्रयोगात्मक अभ्यास समेत गराउनुभएको थियो । सामुदायिक रेडियोहरुको विश्व छाता संङ्गठन अर्माक तथा रुपान्तर बङ्गलादेशको समन्वयमा रेडियो एक्सचेन्ज कार्यक्रम संञ्चालनमा छ । रेडियो एक्सचेन्ज कार्यक्रममा नेपालबाट ३ र बङ्गलादेशबाट ३ जना सामुदायिक रेडियोकर्मीहरु सहभागी छन् ।
फोटो हेर्नुहोस् :-






