
भदौ ४, धादिङ ।
जिल्ला प्रही कार्यलय धादिङले विभिन्न समयमा हराएको सामान फेला पारी सम्बन्धीत व्यक्तीलाई आज बुझाएको छ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नम्बर १२ इन्द्र बहादुर राउतको हराएको नगद सहित महत्वपूर्ण कागजात प्रहरीले आज बुझाएको छ ।
राउतको भदौ २ गते काठमाण्डौंबाट धादिङवेशीं अउने क्रममा नागरिकता, नगद ५४ हजार ९ सय पचहत्तर रुपैयाँ र विभिन्न बैंकका चेकहरु सहितको कालो झोला हराएको थियो । हराएको दिनदेखि खोजतलास गरी उक्त हराएको सामानहरु र नगद सहितको झोला फेला पारी जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक राज कुमार बैदवारले सम्बन्धित धनिलाई जिम्मा लगाईएको हो ।

यस्तै त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ बस्ने राम शरण पन्तको धादिङवेशीबाट लपाङ जाने क्रममा हराएको ख्ष्खय मोवाइल फेला पारी आज पन्तलाई नै बुझाएको छ । हराएको मोवाईल खोजलतास गरी पाउ भनि निवेदन दिएको आधारमा खोजतलास गरि सम्बन्धीत व्यक्तीलाई बुझाइएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।