२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ज्वालामुखीको धौंखोलामा बोलेरो दुर्घटना १५ घाईते

ज्वालामुखीको धौंखोलामा बोलेरो दुर्घटना १५ घाईते
सेयर गर्नुहोस्
०सेयर

भदौं १५, धादिङ ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ धौँखोलामा बोलेरो जीप दुर्घटना हुदाँ १५ जना घाईते भएका छन् ।

खरीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । दुर्घटनामा १५ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा गम्भीर घाईते भएका ज्वालामुखी गाउँपालिका वडा नं ५ खरीका ३१ वर्षीय रामबहादुर दुवाडी र ६५ वषिैया काली गुरुङलाई जिल्ला अस्पताल धादिङबेसीमा उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा पठाइएको छ ।

दुर्घटनामा ज्वालामुखी गाउँपालिका ५ खरीका २९ वर्षीय सोमबहादुर मगराती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का, २५ वर्षीय गीता रोक्का, २२ वर्षीय धनबहादुर दुवाडी, ६ वर्षीय रोचिता गुरुङ, १० वषिैया सरिता रोक्का, १० वषिैया पार्वती नेपाली, ५० वषिैया देव कुमारी थापा मगर, १० वर्षीय सुनिल बालकोटी, १७ वर्षीय सरस्वती गुरुङ, नीलकण्ठ नगरपालिका २ साखुका १३ वषिैया सिर्जना नेपाली घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।