२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सम्पूर्ण नेपालीहरु आफ्नो हक अधिकारले सम्पन्न भएको पूर्व प्रधानमन्त्री झलनाथ खनालको भनाई (भिडियो)

सम्पूर्ण नेपालीहरु आफ्नो हक अधिकारले सम्पन्न भएको पूर्व प्रधानमन्त्री झलनाथ खनालको भनाई (भिडियो)
सेयर गर्नुहोस्
०सेयर


भदौ १४, धादिङ ।
सम्पूर्ण नेपाली जनताहरु आफ्नो हक अधिकारले सम्पन्न भएको पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभएको छ । संविधान निर्माणपछि दलित जाती सहित १ सय २६ ओटै जातजातीहरु आफ्नो हक अधिकारीले सम्पन्न भएकाले लोकतान्त्रीक संविधानमा नेपालीले गर्व गर्नुपर्ने बताउनुभयो ।

सदरमुकाम धादिङवेशींमा दलित सेवा समाज नेपालद्वारा आयोजीत प्रथम वार्षिक साधरण सभा तथा नौमती पञ्चैबाजा प्रतियोगीता उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हाम्रो अनि राम्रो संविधान प्राप्त भएकाले यो संविधान देशभक्तीपूर्ण रहेको उहाँको तर्क थियो । संविधानले नेपाली जनतालाई थुप्रै कुराहरु दिएपनि लोकतान्त्रीक, देशभक्ती, परिवर्तीत, समाजवादी गरि महत्वपूर्ण ४ ओटा कुराहरुको विषयमा पूर्व प्रन्धानमन्त्री खनालले प्रस्ट पार्नुभयो ।

लोक संस्कृति जगेर्नाको लागि सम्पूर्ण नेपाली एकजुट भएर लाग्नुपर्ने पूर्व प्रधानमन्धी एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभएको छ । समाजवादी संस्कृति निर्माणमा सरकार लागेकाले परम्परागत संस्कृतिको रक्ष गर्दै नौमती पञ्चैबाजा सँगै लोक संस्कृति सरंक्षण, संवद्र्धन र विकासका लागि ३ ओटै सरकार लाग्ने उहाँले बताउनुभयो । लोक संस्कृतिको संरक्षण र संर्वद्धनको निम्ति धादिङ जिल्ला अन्य जिल्लाको तुलनामा अघि रहेको धारणा समेत व्यक्त गर्नुभयो । लोक संस्कृतिलाई राष्ट्रिय स्तरमा विकास तथा संरक्षणको लागि प्रोत्साहित गर्नको लागि प्रान्तिय र केन्द्रिय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

समाज विकासका क्रममा श्रम र सिपका आधारमा भेदभावको कारण दलित हुन पुगेको पूर्व प्रधानमन्त्री खनालले बताउनुभयो । तर अहिले त्यस्तो भेदभाव नभएपनि केही ठाउँहरुमा हुने त्यस्ता भेदभावको विरुद्धमा दलित समुदायहरु जागृत भएर लागिरहेकोे बताउनुभयो । दलित सेवा समाज नेपालका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगीताको पूर्व प्रधानमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि झलनाथ खनालले दमाह बजाएर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा संघिय सांसद भुमीप्रसाद त्रिपाठी,खेमप्रसाद लोहनी, प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल , पूर्व सभासद् गुरुप्रसाद वुर्लाकोटी, प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय, प्रहरी उपरिक्षक राजकुमार वैदवार लगायत दलित अधिकारीकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकै अवसरमा दलित अगुवा, दलित अधिकार कर्मीहरुलाई सम्मान पनि गरिएको थियो । ६ ओटा पञ्जेबाजा समुहहरुको सहभागीता रहेको प्रतियोगीतामा खनियाबास पञ्चै बाजा समुह प्रथम भएका छन् । त्यस्तै, त्रिपुरा सुन्दरी पञ्चैबाजा समुह द्धितिय र नमस्ते नेपाल पञ्चै बाजा समुह तृतिय भएका छन् । विजयी समुहहरुलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार सहित प्रमाणपत्र वितरण गरिएको दलित समाज नेपाल धादिङका अध्यक्ष बसन्त परियारले जानकारी दिनुभयो ।

भिडियो हेर्नुहोस् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।