
२६ भदौ, धादिङ ।
एभरेष्ट बैङ्क जिल्ला शाखा धादिङले एकल आमाहरुलाई लत्ताकपडा उपहार दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ६० वर्ष उमेर पार गरेका एकल आमाहरुलाई सम्मान स्वरुप विहिवार साडी उपहार दिएको जिल्ला शाखा धादिङका शाखा प्रबन्धक पवन कोइरालाले बताउनुभयो ।
एकल, असक्त, दुःख पाएका, दलित, जनजाति, सिमान्तकृत समुदायका आमाहरुलाई छानेर १६ जनालाई साडी वितरण गरेको कोइरालाले बताउनुभयो । एभरेष्ट बैङ्कले हरेक वर्ष मुनाफाको केहि अंश सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक कार्य गर्दै आएको छ । कोइराला भन्नुहुन्छ– बैङ्कले गरेको आम्दानीलाई आधार बनाएर सामाजिक क्षेत्रमा काम गर्छाै । गत आर्थिक वर्षमा पनि एकल आमाहरुलाई लत्ताकपडा दिएको थियौं । यस वर्ष पनि सोहि योजना अनुसार एकल आमाहरुलाई चाडपर्वहरु तीज, दशै तिहारको अवसर पारेर कपडा दिएको कोइरालाले बताउनुभयो । चार्डपर्वको अवसरमा नयाँ कपडा लगाएर खुषीले मनाउन सकँुन भनेर सम्मान स्वरुप उपहारमा साडी दिएको उहाँले बताउनुभयो ।

दशै तिहार नजिकिदै गरेको बेला बैङ्कले साडी दिदा खुषी लागेको नीलकण्ठ नगरपालिका ३ धादिङकी ८६ वर्षिय विष्णुकुमारी अर्यालले बताउनुभयो । श्रीमान वितेपछि कत्ति दुःख भोग्नु प¥यो । एकसरो कपडा किन्न, दुइमुठ्ठी जोहो गर्न सकस थियो । हामी जस्ता एकल महिलालाई यो कपडाले दशैको रौनक थप्यो उनले मुस्कुराउदै बताउनुभयो ।
त्यस्तै, एकल महिला समुह धादिङकी अध्यक्ष कल्पना अधिकारीले एभरेष्ट बैङ्कले पु¥याएको योगदानको प्रशंसा गनुभयो । मनोबल, सामाजिक, आर्थिक तवरले कमजोर भएका एकल आमाहरुलाई सम्मान स्वरुप लत्ताकपडा बाड्दा आत्मियताको महसुस भएको उहाँले बताउनुभयो । दुइ छाकको जोहो गर्न मुस्किल पर्नेहरुका लागि बैङ्कले दिएको साडीले दशैको खुषी थपेको उहाँको भनाई छ ।