भदौ ३० ।
बजारमा विक्रिवितरण गर्ने सामग्रीको गुणस्तर कायम राख्न सरकारले व्यापारीहरुलाई आग्रह गरेको छ । चाडपर्वको मौका छोपी गुणस्तरहीन सामानको कारोबार नगर्न र उपभोक्तालाई नठग्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सचेत गराएको हो ।

मन्त्रालयले अनुगमनलाई तीव्रता दिएकाले जथाभावी उपभोक्ता ठग्नेलाई कडा कारबाही गरिने विभागका महानिर्देशक योगेन्द्र गौचनले  बताउनुभयो । गुणस्तरहीन सामाग्री कुनै पनि व्यापारीले विक्रिवितरण गरेको पाए तुरुन्तै जानकारी गराउन पनि गौचनले  आग्रह गर्नुभयो ।

उपभोक्तालाई कुनै पनि माध्यमबाट ठगी गरेको पाईएमा १ वर्ष देखि ३ वर्ष सम्म कैद र एक लाख देखि चारलाख सम्म जरिमाना हुने व्यवस्था छ । देशभरी ७३ वटा सुपथ मुल्य पसल सञ्चालनमा आएकाले सुपथ मुल्य पसलमा गएर किनमेल गर्न पनि विभागको आग्रह छ ।

Facebook Comments