२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नवलपरासीमा कार र बस ठोकिदा कारमा रहेका पाँच जनाको मृत्यु

नवलपरासीमा कार र बस ठोकिदा कारमा रहेका पाँच जनाको मृत्यु
सेयर गर्नुहोस्
०सेयर


असोज ७ ।
नवलपरासीमा गएराति ट्रक र कार एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा गएराति सवा १० बजे कार र बस ठोकिएका हुन् ।

पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएका थिए । ठोकिएर कारमा रहेका पाँचै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते पाँचै जनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै सबैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बचुली नगरपालिकाका डिलबहादुर ढेंगा, तेजु मगर र पुर्णबहादुर बिकको सनाखत भएको छ भने बाँकी दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।