असोज १२, धादिङ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ केरुङ्जामा बस दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । लपाङबाट धादिङबेशीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खेतमा खसेको थियो ।

गम्भीर घाईते हुनेहरुमा नेत्रावती गाउँपालिका वडा नम्बर ५ बस्ने ६४ वर्षका दलबहादुर तामाङ, ४८ वर्षका चन्द्र परियार भनिने राजु परियार, ६० वर्षकि कान्छिमाया तामाङ भनिने सन्तमाया तामाङ रहेका छन् । ५५ वर्षकी हस्तकुमारी तामाङ, १९ वर्षकी लक्ष्मी तामाङ भने सामान्य घाईते भईएकी छन् ।

गम्भीर घाईतेहरुलाई सामान्य उपचार पछि काठमाण्डौं रिफर गरिएको छ । भने सामान्य घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायवक उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । बसका चालक काठमाण्डौं महानगरपालिका वडा नम्बर ३ रामकोट बस्ने २६ वर्षका सरोज श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको छ ।

Facebook Comments