२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भुकम्प प्रभावितलाई दिने अनुदानमा वैंङ्कले ढिलासुुस्ती गरेको छैन : वैंङ्कका कर्मचारी

भुकम्प प्रभावितलाई दिने अनुदानमा वैंङ्कले ढिलासुुस्ती गरेको छैन : वैंङ्कका कर्मचारी

असोज १२, धादिङ ।
ट्रान्सपरेनसी ईन्टरनेश्नल नेपालले आज धादिङका वैंड्ढ तथा वित्तिय संस्थाहरु सँग आज छलफल गरेको छ । ''भुकम्प पछिको पुननिर्माण र पुनःस्थापनामा सदाचार अपनाऔं'' (आईपीआआर) कार्यक्रम अन्र्तरगत छलफल कार्यक्रम संञ्चालन भएको हो ।

छलफलमा धादिङमा रहेका वैंङेकका म्यानेजर तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । छलफल कार्यक्रममा ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपाल धादिङका जिल्ला अधिकृत सानुवावु तिमिल्सीनाले भुकम्प प्रभावितहरुको गुनासोहरु वैंङ्क कर्मचारीहरु समक्ष राख्नुभएको थियो ।

वंैङ्कले भुकम्प प्रभावितहरुलाई झुलाउने गरेको, भनेको बेलामा किस्ता उपलब्ध नगराएको, सहुलियत ऋण नदिएको भन्ने कुराहरु भ्रम मात्र रहेको राष्ट्रिय वाणिज्य वैङ्क धादिङ शाखाका प्रवन्धक अमिरुद्ध उपाध्यायले बताउनुभयो ।

वडा, अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार लगायतका ठाउँहरुबाटै समस्या भएपनि दोष भने बैंङ्कलाई आएको उपाध्यायले बताउनुभयो । भुकम्प प्रभावितमा वित्तिय साक्षरता कमि भएकै कारणले बाहिर आएको जनगुनासो जस्तो नभएको र सरकारले दिएको अनुदान रकम वैंङ्कले समयमै उपलब्ध गराउँदै आएको वैंङ्कका कर्मचारीहरुले बताएका थिए ।

यस्तै भुकम्प प्रभावितहरुलाई वैंङ्कले उपलब्ध गराउने भनेको सहुलियत ऋणको कार्यविधि नै सरकारले परिवर्तन गर्नुपर्ने बताएका छन् । वैंङ्कले सामाजिक उत्तरदायित्व मात्रै वहन नगरि केही प्रतिशत नाफा पनि गर्ने हुँँदा विना धितो सहुलियत ऋण उपलब्ध गराउन नसकिने पनि बताएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।