असोज १२ धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसिमा रहेको लाङ्घाली बहुउद्धेश्यीय सहकारी संस्था लि.को १२ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन शनिबार सदरमुकाम धादिङबेसिमा सम्पन्न भएको छ ।
अधिवेशनले संस्थाको आगामी ४ वर्षे कार्यकालको लागि राजेन्द्र राना मगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा अमृता आले मगर, सचिवमा राम आले मगर, सह–सचिवमा भोज बहादुर थापा मगर, कोषाध्यक्षमा स्मृति थापा मगर र सदस्यहरुमा इश्वर थापा मगर, सपना थापा मगर, दुर्गा थापा मगर र उषा थापा मगर रहेका छन् ।
साथै अधिवेशनले लेखा उप–समिति, शिक्षा उप–समिति, ऋण उप–समिति, र सल्लाहकार समिति पनि चयन गरेको छ ।

वि.स.२०६४ साल असोज ४ गते स्थापना भएको यस संस्थामा हाल कुल ५ सय ८३ जना शेयर सदस्यहरु रहेका छन् ।
आ.व.२०७५/०७६ सम्ममा कुल १ करोड ५० लाखको कारोबार गरेको यस संस्थाले गत आर्थिक बर्षमा ३ लाख बराबरको नाफा आर्जन गरेको छ । कुल बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको संस्थाको बार्षिक साधारण सभा तथा अधिवेशनमा धादिङ जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष गंगादत्त तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्लामा रहेका विभिन्न सहकारी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुुख अतिथि,विशिष्ट अतिथि लगायतका वक्ताहरुले सहकारीले विशेष गरि सहकारी मूल्य मान्यता र सिद्धान्त, ऐन, नियमावली, मापदण्ड र कार्यविधिलाइ आधार बनाई सहकारी संस्थाको संस्थागत विकास तथा सुशासन कायम गरि सदस्य र समुदायमा केन्द्रित भई कार्य गर्न अनुरोध गरेका थिए । कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष, असल बचतकर्ता, असल ऋणीहरुलाइ सम्मान गरेका थिए ।











