असोज १३, धादिङ ।

जिल्ला प्रहरी कार्यलय धादिङले आज बैंक तथा वित्तिय संस्थाको सुरक्षा सम्बन्धी अन्र्तरक्रिया गरेको छ । बैंक तथा वित्तिय संस्थाका प्रबन्धक‚ प्रमुख र प्रतिनिधिहरुसँग बैंक तथा वित्तिय संस्थाको सुरक्षा सम्बन्धी अन्र्तरक्रिया गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङको सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्य रहेको थियो ।

 विजया दशमी‚ दिपावली तथा छठ पर्वलाई मध्यनजर गरी वित्तिय संस्थामा हुन सक्ने सुरक्षा चुनौती र सुरक्षा निकायबाट गरिने सुरक्षाका बारेमा जानकारी दिने उद्देश्यले अन्र्तरक्रियाको आयोजना गरिएको प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा‚ सहायक जिल्ला न्यायधिवत्तसmा गोविन्द प्रसाद हुमागाई‚ नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज पौडेल‚ उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रुद्र बहादुर खत्री, सदरमुकाम धादिङवेशींमा रहेका वित्तिय संघ संस्थाका प्रतिनिधि, बैंङ्कका म्यानेजर, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु‚संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments