
असोज १६ धादिङ ।
धादिङ जिल्लाको पर्यटकिय स्थल, नीलकण्ठ नगरपालिका वडा नम्बर १ खाल्टे पात्लेमा रहेको बुद्ध भुमी युवा समाजले पाल्ते गोल्ड कप २०७६ को आयोजना गरेको छ । आर्थिक पर्यटन, शिक्षा र खेलकुद पर्यटन हवका माध्यमबाट पनि खाल्टे पात्लेलाइ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरेको हो । यसका साथै आन्तरिक पर्यटनको विकास, प्रवद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने पूर्व तयारीको रुपमा पनि प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

बुद्ध भुमी युवा समाज खाल्टे पात्लेको आयोजनामा हुने पाल्ते गोल्ड कप फुटबल प्रतियोगिता यहि असोज २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले यहि असोज २३ गते बिहिबार भित्र आफ्नो टिम दर्ता गराई प्रतियोगितामा सहभागी हुन अपिल गरिएको छ । साथै टिम दर्ता शुल्क रु.४ हजार रुपैंया तोकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि भई प्रथम, द्धितिय र तृतिय हुने टीमलाइ क्रमश नगद रु.५० हजार,रु.२५ हजार र रु.१५ हजार सहित मेडल र प्रमाण पत्रद्धारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा २० देखि २५ वटा टिमको सहभागिता हुने अनुमान गरिएको र खेल तायारीको काम भइरहेको आयोजक संस्थाका जिवन गुरुले जानकारी दिएका छन् ।