
कात्तिक १५, धादिङ ।
धादिङ प्रहरीले अवैध लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ मलेखुबाट अवैध लागूऔषध गाँजासहित कास्की पोखरा महानगरपालिका वडा नम्बर १४ बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रोल्पा झेलबाङ गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीया संगिता परियारलाई प्रहरीले आज विहान पक्राउ गरेको हो ।
प्रहरी चौकी मलेखु र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ग १० प ४४९४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा चालक कृष्ण र स्कुटरमा सवार संगिताको साथबाट करिब ५ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।