कात्तिक २५, धादिङ ।
नेपालका केही भुभागहरु समेत समेटि भारतले सार्वजनिक गरेको नक्साका विरोधमा आज पनि धादिङवेशींमा विरोध प्रर्दशन गरिएको छ । नेपाली कांग्रेका भातृ संगठन नेपाल तरुण दल धादिङ र दलित संघ धादिङले विरोध प्रर्दशन गरेका हुन् ।

नेपाली कांग्रेसको पार्टी कार्यलयबाट सुरु भएको विरोध ¥यालि विचबजार चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्ने अधिंकासं वक्ताहरुले नेपाली भुमि फिर्ता गर्न माग गर्दै सरकारले छिटोभन्दा छिटो कुटनितिक तथा राजनितक तवरबाट पहल गर्नुपर्ने बताएका थिए । पुस्तौदेखी देखिदै आएको भारतीयहरुको विस्तारवाद्को चर्काे विरोध गर्दै अब नेपाली जनताले आफ्नो मातृभुमी रक्षाको लागि जस्तोसुकै परिस्थितीको पनि सामना गर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्मा, नेपाल तरुण दल क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति नवराज सिलवाल, पूर्व सहसचिव एवं दलित संघ धादिङका राजन बराईली लगायतले सम्बोधन गरेका थिए । विरोध प्रर्दशन सँगै भारतीय नक्सा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाईएको नेपाल विद्यार्थी संघ धादिङका नेता रोशन कोईरालाले बताउनुभयो ।

भारतले एकसाता अगाडी नेपालको लिपुलेक, कालापानी, लिम्पीयाधुरा लगायतका नेपाली भूमी समेतलाई समेटी राजनितिक नक्सा सार्वजनिक गरेको थियो । सो नक्सालाई लिएर नेपालभर सर्वत्र विरोध भईरहेको छ ।

 

Facebook Comments