मंसिर १५, धादिङ ।
पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मास्टारमा बसले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाट गोर्खा आरुघाट जाँदै गरेको बा ४ ख ४४७६ नम्बरको यात्रु बाहक बसले ठक्कर दिदा घाईते भएका कपिलबस्तु शुद्धधन गाउँपालिका वडा नम्बर ५ फुलुवापुर बस्ने अन्दाजीं १८/१९ वर्षको संदिप यादवको उपचारको लागि गजुरी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

मृतक यादव भारतिय नम्बरको ःज् द्धट द्यँ ण्ढद्दण् नम्बरको कन्टेनर गाडीको सहचालक हुन् । ठक्कर दिने बस, बस चालक गोर्खा आरुघाटका ३२ वर्षका सन्त बहादुर अधिकारी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यस्तै धादिङको कालुपाण्डे लोकमार्ग अन्र्तरगत कालिदहमा मोटरसाईकल र माईक्रो एक आपसमा ठक्कर खादा ३ जना घाईते भएका छन् । आज बिहान साढे १० बजे धादिङबाट काठमाण्डौं जादैं गरेको बा ४ ख ४१६७ नम्बरको माईक्रोले बा ५४ प ३३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ ३ जना घाईते भएका हुन् ।

घाईते हुनेमा गोर्खा जिल्लाको आरुवाम घर भएका ३३ वर्षका रामकुमार श्रेष्ठ, रामकुमारका श्रीमती ३४ वर्षकी मुना श्रेष्ठ र ६ वर्षका छोरा रोसन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

घाईतेहरुको जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पश्चात् थप उपचारको लागि काठमाण्डौं पठाईएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने माईक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments