२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चर्चित (सिद्धबाबा) धर्मगुरु, बलात्कारको आरोपमा पक्राऊ

चर्चित (सिद्धबाबा) धर्मगुरु, बलात्कारको आरोपमा पक्राऊ

१६ मंसिर,२०७६
सुनसरी चतरा धामका धर्मगुर्रु सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा उपचाररत गिरीलाई आज विहान अस्पतालबाटै पक्राउ गरिएको हो । एक आफ्नै अनुयायी महिलाले कृष्णदासले आफूलाई बलात्कार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरीले पक्राउ गर्नु अघि गिरिले महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो सार्वजनिक भएको थियो । सुनसरीका डीएसपी विनोद शर्माका अनुसार आरोपित गिरीलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको जनाएको छ । अब मुद्दा दायर हुने नहुने बारे टुंगो लाग्नेछ । यो विषय अदालतमा पुगेपछि अदालतले अन्तिम टुंगो लगाउन सक्नेछ । यता पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदाश र सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले भने धर्म संस्कृति र अध्यात्मिक चिन्तनलाई कमजोर पार्ने उद्देश्यका साथ सुनियोजित रुपमा चरित्रहत्या गर्न खोजिएको भन्दै सरकार समक्ष घटनाको निष्पक्ष छानविन गरी निराधार आरोप लगाउने दोषीमाथि कारबाहीको माग समेत गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।