
मंसिर १७ ।
भारतीय आयल कर्पोरेसनबाट बढेर आएको भाउ समायोजनका लागि भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल अनि डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ ।
एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो ।