मंसिर १६, धादिङ ।
१२ सय मेगावट क्षमताको बुढीगण्डकी जलाशययुक्त विद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट, खहरे लगायत बजार क्षेत्रको मुआब्जा निर्धारण गरिएको छ । धादिङको प्रमुख जिल्ला अधिकारी , प्रहरी, जनप्रतिनिधि तथा गोरखा जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी र जनप्रतिनिधिहरुको संयुक्त बैठक बसि मुआब्जा निर्धारण गरेको हो । तर सरकारले निर्धारण गरेको मुआब्जा अनुचित भएको भन्दै डुवान प्रभावितहरुले आज आरुघाट बजारमा विरोध प्रर्दशन गरेका छन् ।

स्थानियहरुले धादिङ र गोरखामा पर्ने आरुघाट बजार क्षेत्रबन्द गरि ठाउँठाउँमा टायर बालेर विरोध प्रर्दशन गरेका हुन् । बजार क्षेत्रको मुआब्जा पनि अन्य ठाउँको सरह मुआब्जा निर्धारण गरेको भन्दै आन्दोलन गरेको स्थानियहरुले बताएका छन् । हेपाहा प्रवितिले निर्धारण गरेको मुआब्जा मान्य नहुने र मुआब्जा निर्धारणमा पुर्नविचार नगरे सरकार विरुद्ध चरणवद्ध आन्दोलन गर्ने स्थानियहरुले बताएका छन् । सरकारले बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने धादिङ र गोरखाको बजार क्षेत्र गरी १ हजार ७ सय ७० रोपनी क्षेत्रफलको मुआब्जा निर्धारण गरेको होे ।

आरुघाट तथा खहरे बजार क्षेत्रको जग्गा आनाको ५० हजारदेखि ७ लाख सम्म मुआब्जा निर्धारण गरिएको छ । ढिला गरि मुआब्जा निर्धारण गर्ने त्यहि माथी बजार क्षेत्रको जग्गाको पनि कम मुल्य निर्धारण गरेकाले आफुहरु अन्यायमा परेको एक डुवान प्रभावितले बताएका छन् । भोली मंगलबार खहरे बजार, आरुघाट बजार बन्द गरि सम्पूर्ण प्रभावितहरु धादिङ र गोरखाको जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने बताएका छन् । आन्दोलनकर्ताहरुले सिडिओ र आयोजना समितिका विरुद्धमा नारावाजी गरेका थिए ।


वडा अध्यक्षद्वारा राजिनाको घोषणा

यस्तै त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवराज धरेलले डुवान प्रभावितको आन्दोलनमा एक्यवद्धता जनाउँदै जनप्रतिनिधि र पार्टीको साधारण सदस्यबाट पनि राजिनामा दिने बताउनुभएको छ । दुईतिहाईको आफ्नै पार्टीको सरकार हुँदा पनि उचित मुआब्जा निर्धारण नगरेको भन्दै भोली मंसिर १७ गते पार्टी कार्यलयमा राजिनामा दिने वडा अध्यक्ष धरेलले बताउनुभयो ।

Facebook Comments