२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ज्वालामुखी दुर्घटनाका गम्भीर घाईतेलाई हेलिकम्पटरबाट काठमाण्डौं लगियो

ज्वालामुखी दुर्घटनाका गम्भीर घाईतेलाई हेलिकम्पटरबाट काठमाण्डौं लगियो
सेयर गर्नुहोस्
०सेयर

मंसिर २६, धादिङ ।
विहिबार बिहान धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ४ वडा कार्यलय नजिकै भएको बोलेरो दुर्घटनामा गम्भीर घाइते भएका २ जनालाई हेलिकोप्टरबाट थप उपचारको लागि काठमाडौँ लगिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका योगेश्वर अर्याल र कृष्ण कुमारी अर्याललाई मनाङ एयरको 9N-AMV हेलिकोप्टरबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

घाइतेहरुलाई थप उपचारको लागि ट्रमा सेन्टर लगिएको हो । यस्तै गम्भीर घाएते भएकामध्ये अरु ७ जनालाई पनि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ लगिएको छ । धादिङबेसीबाट ढोलातर्फ जाँदै गरेको बा २० च ७२५६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।