नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक बर्ष २०७५/०७६ मा २० करोड ६३ लाख नाफा कमाउन सफल भएको छ । नेश्नल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत वर्ष १३ करोड ४६ लाख नाफा कमाएको थियो ।

हाल ३ अर्र्ब ६६ करोड ५४ लाख २० हजार लगानीमा गत वर्षको तुलनामा ५३ प्रतिशतले वृद्धि भएको फाइनान्सका अध्यक्ष केशवप्रसाद आचार्यले बताउनुभयो । वि.सं. २०७१ सालमा स्थापना भएको वित्तीय संस्थाले लघुवित्त कार्यक्रम मार्फत समाजमा रहेका विपन्न तथा गरिब बर्गको जीवनस्तर माथि उठाउन र राष्ट्रको गरिवी न्युनीकरणमा टेवा पु¥याउन मद्दत गर्दै आएको छ ।

संस्थाले हिमाल पहाड र तराईमा गरि ६५ वटा शाखा कार्यलय र ४३ जिल्लाहरुलाई आफ्नो कार्यक्षेत्र बनाएको छ । ५५ हजार जना भन्दा बढिलाई आयआर्जन तर्फ विभिन्न परियोजना सञ्चालनको लागि १५ अर्ब ९ करोड २५ लाख कर्जा वितरण गरेको छ ।

संस्थाले १३ वटा शाखामा समूह पदाधिकारी र अभिभावक गोष्ठी सम्पन्न गरी सहभागिता जनाएका सदस्य तथा अभिभावकहरुलाइ विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आएको छ । ग्राहकको चाहना र आवश्यकता अनुसार युणस्तरीय सेवा प्रवाह गर्ने, १ लाख भन्दा बढि विपन्न घर परिवारलाई लघुवित्त सेवा प्रदान गर्ने, समय सापेक्ष कर्जा, बचत कार्यक्रको विकास गर्ने, ग्राहकलाई उद्यमीको रुपमा विकास गर्न सीप र लघुउद्यम विकास सम्बन्धी तालिम प्रदान गर्ने, उत्पादनको क्षमता र बजार सुनिश्चितको लागि सम्बन्धीत निकाय र संघसंसथासँग सहकार्य गर्ने मुख्य उद्देश्य रहेको छ ।

Facebook Comments