मंसिर ३० ।
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । पहिलो खेलमा विराटनगर टाईटन्स र धनगडी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा रंगशालामा हुने पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ । बिराटनगर प्रदिप ऐरीको कप्तानीमा रहनुभएको छ भने धनगढीको नेतृत्व राष्ट्रिय टिमका उपकप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीले गर्नुहुनेछ । गत संस्करणको पीपीएलमा यी दुई टोली लिग चरणमा खेलेका थिए । जसमा धनगडीले बिराटनगरलाई ७८ रनले पराजित गरेको थियो ।

यस्तै, दिउँसो पौने १ बजे हुने खेलमा बुटवल ब्लास्टर्सले काठमाडौं गोल्डेन्ससँग खेल्नेछ । उद्दाटन खेलमा घरेलु टोली पोखरा पल्टनसँग पराजित भएको काठमाडौँ दोस्रो खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न चाहन्छ ।

यस्तै, बुटवल समेत सुखद सुरुवातको लक्ष्यमा रहेको छ । बुटवलको कप्तानी सोमपाल कामीले गर्नुहुनेछ भने काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नुहुनेछ । गत संस्करणको लिग चरणको खेलमा काठमाडौंले बुटवललाई ३७ रनले पराजित गरेको थियो ।

Facebook Comments