पौष २५ ।

पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने श्री स्वस्थानी व्रतकथा शुक्रबारबाट शुरु भएको छ । यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने गर्छ ।

शुक्रबारदेखि व्रतसँगैं घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी व्रत बसे तथा कथा भन्ने र सुन्ने गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उहाँको लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गरेको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ ।

व्रत बस्ने प्रत्येक महिलाले महिनाभरी नुहाई मध्यान्ह स्वस्थानीको पूजा गरी एक छाक खाएर बस्नेगर्छन् ।

Facebook Comments